Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय

फागुन १ काठमाडौं । मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक झाडीभित्र लुकाएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले बताए ।

दुई लिटरको प्रेसर कुकर टेपले बाँधेर राखिएको अवस्थामा फेला परेको थियो। उक्त वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो। बम डिस्‍पोजल टोलीले बिहान पौने ११ बजे उक्त वस्तु निष्‍क्रिय पारेको छ।

‘प्रेसर कुकरमा टेपहरू बाँधेको अवस्थामा फेला परेको थियो। सेनाले निष्क्रिय पारेर कति विष्फोटक पदार्थको प्रयोग भएकोबारे अध्ययन गर्न लिएर गएको छ,’ एसपी पोखरेलले बताए ।

उनका अनुसार केही समयदेखि शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखतसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोऊ गरी चन्दा माग गर्ने गरिएको थियो।

चन्दा नदिए ध्वांसात्मक कार्य गर्ने भनेर चेतावनी दिइएको थियो। यसरी धम्की दिएको भन्ने सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिको पहिचान खुलेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com