शिक्षकहरुको आन्दोलन जारी
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/09/g-1024x573.jpg)
असोज,७ काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै केही शिक्षकले आन्दोलन जारी राखेका छन्। राहत, बालविकास र पेन्सनबाट वञ्चित शिक्षकले आन्दोलन जारी राखेका छन्।
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/10/mahabharta-ga-pa-693x1024.png)
गत शुक्रबार सरकार र महासंघबीच सहमति भएसँगै शिक्षक आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्किएका थिए। तर, नेपाल बालविकास शिक्षक संघ, पेन्सनबाट वञ्चित शिक्षक संघर्ष समितिलगायतले आन्दोलन गरिरहेका छन्।