Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

सर्वसाधारणले बोक्ने घातक खालका हतियारमाथि प्रतिबन्ध लगाउन बाइडनको आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडनले घातक खालका अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बन्दुकका कारण अमेरिकामा दैनिकजसो हत्या भइरहेको भन्दै हिंसा र हत्याको श्रृंखला रोक्न सर्वसाधारणले बोक्ने हातहतियारमाथि प्रतिवन्ध लगाउनुपर्ने बताएका हुन्।

उनले खतरनाक र धेरै क्षमताका बन्दुकहरू सामान्य मानिसलाई आवश्यक नपर्नेसमेत बताएका छन्।
अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्नेमा राष्ट्रपति बाइडनले जोड दिए। उनले बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाईसमेत ख्याल गर्न आह्वान गरेका छन्।

त्यस्तै देशव्यापी रूपमा ुरेड फ्ल्याग लु को विस्तारमा पनि उनले जोड दिए।
‘रेड फ्ल्याग ल’ले कुनै पनि हतियारधारी व्यक्तिद्वारा अरूमाथि वा आफैंमाथि पनि खतरा भएको ठानिए त्यस्ता व्यक्तिसँगको हतियार खोस्न सक्नेछ।
अमेरिकाका बफेलो, न्यूयोर्क, टेक्सस, ओक्लाहोमा लगायतका क्षेत्रमा हालैका दिनमा भएका गोलीकाण्डको पृष्ठभूमिमा बाइडनले उक्त आह्वान गरेका हुन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com