Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भ्रष्टाचार मुद्दामा जेल परेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिनावात्रा धरौटीमा रिहा

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा धरौटीमा रिहा भएका छन् ।  भ्रष्टाचार र शक्ति दुरुपयोगको मुद्दामा दोषी ठहर भएका सिनावात्रा जेलबाट रिहा भइ घर बैङ्कक गएका छन् ।

दोषी ठहर भइ एक वर्ष जेल सजाय प्राप्त गरेका अर्बपति सिनावात्रा पुलिस अस्पतालबाट नै छाडिएका बीबीसीले जनाएको छ । गएको अगस्टमा थाइल्यान्ड फर्किएलगत्तै ७४ वर्षीय सिनावात्रालाई पक्राउ गरिएको थियो। सिनावात्रा १५ वर्षको स्वःनिर्वासनमा गएका थिए ।

स्वास्थ्य स्थितिको समस्या देखाइरहेका सिनावात्रा कुनै दिन पनि जेलमा बसेनन् । सिनावात्रालाई सुनाइएको ८ वर्षको सजायलाई थाइल्यान्डका राजाले एक वर्षमा घटाएका थिए त्यो पनि उनलाई पूरा गर्नु परेन । थाइल्यान्डका धेरै नागरिकले यो मुद्दालाई चौतर्फी रुपमा विरोध गर्दै धनाढ्य र पहुँचवालालाई प्रदान गरिने विशेषाधिकारको आलोचना गरिरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com