Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भारतमा चल्ने छैनन् २००० का नोट, तर आजबाट साट्न भने सकिनेछ

भारतमा  दुई हजारको नोटमा प्रतिबन्ध लागिसकेको छ ।

भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले दुई हजारको नोट नचलाउने र अब बजारमा नपठाउने घोषणा गरेसँगै मानिसहरूमा आफूसँग भएका दुई हजारका नोट के गर्ने भनेर द्विविधा बढेको थियो । 

आज मंगलबारदेखि भारतीय नागरिकहरूले ३० सेप्टेम्बरसम्म उक्त नोट साट्न सक्ने अथवा बैंकमा जम्मा गर्न पाउने बैंकले जानकारी दिएको छ ।

१९ मे अर्थात् गत हप्ताको शुक्रबारदेखि नै दुई हजारको नोट बजारमा पठाउन प्रतिबन्ध लागिसकेको छ ।  दुई हजारकाे नाेट छाप्न भने २०१९ मै बन्द भइसकेकाे थियाे ।

गत मार्च ३१ सम्ममा भारतमा ३ दशमलब ६२ लाख करोड भारु मूल्यका दुई हजारका नोट बजारमा थिए ।

यसअघि भारतमा २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाइएको थियो । त्यसपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com