Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु,१२ जना घाइते

जेठ,२१ काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी छहरा(८ का वडाअध्यक्ष रेमबहादुर रानाले बताए ।
स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको छ। घाइतेहरूलाई बुटवल तर्फ पठाएको पनि वडाध्यक्ष रानाले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com