Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गठबन्धनलाई मन्त्रालयको भागवण्डा टुंग्याउन सकस, दिउँसो कार्यदलको बैठक बस्दै

माओवादी केन्द्र, एमालेसहित संसदका प्रमुख चार दलको नयाँ गठबन्धन बनाएर सानो आकारको मन्त्रीमण्डल गठन गरे पनि मन्त्रालयको भागवण्डा लगाउन सकेका छैनन् । २१ फागुनमा नयाँ गठबन्धनबाट तीन जना मन्त्रीले शपथग्रहण गरे पनि उनीहरूको समेत मन्त्रालयको टुंगो लागेको छैन ।

नयाँ गठबन्धनमा सहभागी हुने दलहरूको टुंगो लागेपछि मात्रै मन्त्रालय भागवण्डाको टुंगो लाग्ने बताइएको छ । एमाले महासचिव शंकर पोखरेलले पहिला सरकारमा सहभागी हुने दलहरू टुंगो लागेपछि मन्त्रालयको भागवण्डा टुंगो लाग्ने बताएका छन् ।

मन्त्रालयको भागवण्डा टुंगो लगाउनका लागि नै नयाँ गठबन्धनले चार सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलको २२ फागुन दिउँसो बैठक बस्दैछ । उनीहरूको बैठक २ बजे बस्न लागेको हो । गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालयको भागवण्डा टुंगो लगाउन एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागवन्डाका लागि छलफल गर्दैछन् ।

गठबन्धनमा आबद्ध दलका नेताहरूको भनाइमा अहिलेसम्म अर्थ मन्त्रालय माओवादी केन्द्रले लिने गरी सहमति भएको छ । त्यसबाहेक गृह मन्त्रालय एमालेले लिने अनौपचारिक सहमति रहेको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले पनि गृह मन्त्रालयमा दाबी गरेपछि उक्त मन्त्रालयको विषयमा भने टुंगो लागेको छैन । रास्वपाले गत वर्ष पाएका मन्त्रालय गृह, श्रम, शिक्षा नै पाउनुपर्ने दाबी गरिरहेको छ । तर, प्रमुख दलहरू मन्त्रालयहरू हेरफेर गर्न चाहिरहेका छन् ।

त्यसैगरी, जसपाबाट अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने अवस्था आए उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने चर्चा पनि भएको छ । तर, यादवको सट्टामा प्रदीप यादव सरकारमा सहभागी हुने संभावना पनि रहेको छ । त्यसैले, अहिले गठबन्धनमा हस्ताक्षर गरेका चार दलबाहेक अन्य दलहरू एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टीहरूको सहभागीताको विषय टुंगो लागेको छैन ।

ती दलहरू संघीय सरकारमा सहभागी हुने वा नहुने भन्ने अर्थ प्रदेश सरकार गठनमा पनि देखिने संभावना रहेको छ । प्रदेश सरकार निर्माणमा निर्णायक देखिएका दलहरूलाई संघीय सरकारमा सहभागी गराउन एमाले र माओवादी केन्द्रले प्रयास गरिरहेका छन् । सोहीकारण, उनीहरुसमेत मनाएर मन्त्रालयको भागवण्डा गरिनेछ ।

त्यसैले, मन्त्रालयको संख्या र नाम टुंगो लगाउन सहज देखिएको छैन ।शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com