Yeti Khabar

२०८० आश्विन ७, आईतवार - Sun Sep, 2023 -

वीरगञ्जको बाल सुधारगृह तनावग्रस्त

भदौ,८ काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ। हिजो साँझ वीरगञ्ज महानगरपालिका-४ विर्तामा रहेको बाल सुधार गृहमा दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच हिजो साँझ झगडा भएको थियो। दुई समूहको झगडाले सुधारगृह भित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो।

‘तर, उनीहरू प्रहरीमाथी नै ढुंगामुढामा उत्रिए,’ डिएसपी थापाले भने। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधार गृहका ११ जना र तीन प्रहरी घाइते भएको डिएसपी थापाले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com