Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जाजरकोट जिप दुर्घटनाः ११ जनाको मृत्यु (अपडेट)

जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।
जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए।

वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो।

जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
वडाध्यक्ष थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो।

‘एकजना बिरामी हुनुभएको थियो। उहाँलाई उपचार गराएर लाने र अरू केही मानिस तलतिर झर्ने थिए होला,’ वडाध्यक्ष थापाले भने, ‘पीच बाटोमा एक्कासी गाडी कसरी खस्यो भन्ने खुलेको छैन।’

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन्।

दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ। सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com