Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

माओवादी केन्द्रले खाता खोल्यो

काठमाडौं ३१ वैशाख । नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने ।

यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com