Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपना छ’ गीत सार्वजनिक

काठमाडौं २१ वैशाख हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपना छ’ गीतको लिजेन्डरी संस्करण सार्वजनिक भएको छ।
श्रेष्ठको ७२औं जन्मदिनको अवसरमा मंगलबार साँझ गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा गायक मदन कृष्णसँगै आँचल शर्मा, राजेन्द्र हुमागाईं र आराध्या खड्काको अभिनय छ।

सराना श्रेष्ठको कथा, परिकल्पना र निर्देशन गरेको गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ। जोनी योञ्जन तामाङको एरेन्ज रहेको गीतमा मित्र मगर तथा गौरव योनजहाङले वाद्यबाधनमा साथ दिएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com