Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चिसो छल्न बालेको आगोमा परी गम्भीर घाइते भएका राउटेको मृत्यु

माघ,५ काठमाडौं । चिसो छल्न बालेको आगोमा परी गम्भीर घाइते भएका राउटे युवाको उपचारका क्रममा मृत्यु भएको छ । १९ पुस राति चिसो छल्न ओढेको बल्याङ्केटमा आगो सल्किँदा ४० वर्षीय राउटे युवा नारायण शाही जलेर गम्भीर घाइते भएका थिए

घटनापछि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका राउटे युवा शाहीको उपचार सम्भव नभएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो ।
ट्रमा सेन्टरको भेन्टीलेटरमा उपचाररत शाहीको थप अवस्था नसुध्रिने भएपछि उनलाई घर पठाइएको थियो । हिाजो घर लगिँदै गर्दा काठमाडौंको नागढुङ्गामा ज्यान गएको उनका बुबा महिनबहादुर शाहीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com