Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

न्यूनतम साझा कार्यक्रम : यो वर्ष सरकारले गाडी नकिन्ने, महिलालाई सेनेटरी प्याड किन्न १५ सय रुपैयाँ

काठमाण्डौ – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

न्यूनतम साझा कार्यक्रममा महँगीको अन्त्य गर्ने, कालोबजारीमाथि कडा कारबाही गर्ने र बजार अनुगमनलाई व्यापक बनाउने पनि उल्लेख छ । यस्तै सरकारले यो वर्ष सरकारी गाडी नकिन्ने र कार्यालय खर्च कम गर्ने प्रतिबद्धता पनि जनाएको छ । यस्तै बाह्य लगानी आकर्षित गर्न कानुनी र प्रक्रियागत झन्झटको अन्त्य गर्ने, आन्तरिक उत्पादनमा जोड दिने, आयात कम र निर्यात बढाएर व्यापार घाटा कम गर्ने, स्वदेशी कच्चा पदार्थकै प्रयोग गरेर सामान उत्पादन गर्न मेक इन नेपालु र मेड इन नेपालु अभियानलाई प्रभावकारी बनाउने पनि उल्लेख छ ।

देशमै रोजगारी बढाउन कृषिजन्य उद्योग बढाउने, पुँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गर्ने, स्वरोजगार कार्यक्रम चलाउने, युवालाई सीप सिकाउने न्युूतम साझा कार्यक्रममा उल्लेख छ । यस्तै रूग्ण बनेका सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनः सञ्चालन गर्ने र उद्योग व्यवस्था दर्ताका लागि सुरुकै दिनमा स्वीकृत प्रदान गर्ने व्यवस्था गर्ने उल्लेख छ ।

दुई वर्षभित्र देशलाई पूर्ण साक्षर घोषणा गर्ने, सबै पालिकामा प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने, शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हातमा किताब पुर्‍याउने, शिक्षण पेसालाई मर्यादित बनाउने, सरकारी र निजी विद्यालयमा देखिएको गुणस्तरको अन्त्य गर्ने, अपाङ्ता भएका विद्यार्थीलाई विशेष सहुलियत दिने, विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्ने, उच्च शिक्षाका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने सरकारी दाबी छ ।

यस्तै सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने, स्वास्थ्य बीमा प्रभावकारी बनाउने, महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि सेनेटरी प्याड खरिदका लागि वार्षिक एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ । उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com