Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बार भत्काएर प्रधानमन्त्री कार्यालयभित्र छिरे श्रीलंकामा प्रदर्शनकारी

श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन्।
बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए। झडपमा दुबैतिरका केही मानिस घाइते भएका थिए।

प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री कार्यालय जोगाउन सकेनन्। बार भत्काएर प्रदर्शनकारी भित्र पसेको न्युजवायरले जनाएको छ।

राष्ट्रपति गोटवाया राजापाक्षे भागेर माल्दिभ्स पुगेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति पनि छन्। प्रदर्शनकारीहरूले विक्रमासिंघेले पनि राजीनामा दिनु पर्ने माग गरिरहेका छन्।
यसअघि गत शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जामा लिएका थिए।

सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेका राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।
श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ।

प्रदर्शनहरू बढ्दै गएपछि विक्रमासिंघेले यसअघि आफूले राजीनामा दिने बताएका थिए।
विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ। राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन्।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com