Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बाजुरामा कर्ण थापालाई हराउँदै बद्रीप्रसाद पाण्डे विजयी

मंसिर,१८ काठमाडौं । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।
उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भए। उनले २६ हजार ३ सय ४९ मत ल्याएका छन्।
कांग्रेसका बद्रीले ५ हजार ४ सय ३७ मतान्तरले एमालेका थापालाई हराएका हुन्।

राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com