Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने

इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने बताउनु भएकाे बीबीसीले जनाएको छ ।

यस्तै, इजरायली विदेश मन्त्री एलि कोहेनले तत्कालका लागि युद्धविराम हुनु भनेको हमासका लागि उपहार भएको र यसले इजरायलमाथि फेरि खतरा उत्पन्न गर्ने बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले अन्तर्राष्ट्रिय समुदायको समर्थन गुमाइरहेको टिप्पणी पछि इजरायलको यो भनाइ सार्वजनिक भएको हो । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com