Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सरकारले सुशासनका पक्षमा गरेका कामलाई राजनीतिक रङ दिन हुन्न : जनार्दन शर्मा

माघ, २४ काठामाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिन नहुने बताए ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उपमहासचिव शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताएका छन् । उनले सरकारको यो पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसका निम्ति राज्यसंयन्त्र र संरचनाको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । उनले कानुनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण गर्नु नहुने उनको भनाइ छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com