Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

१६० केजी गाँजासहित एक जना पक्राउ

भदौ,२३ काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भीमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो । बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com