Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने

वैशाख,३० काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ ।

मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

‘हामी बाकस बुझ्ने क्रममै छौं, सर्वदलीय बैठक पनि बसेको छैन’ उनले भने, ‘ सर्वदलीय बैठकले जतिबेला देखि गणना सुरु हुन्छ भनेर निर्णय गर्छ, त्यतिबेलैदेखि मतगणना सुरु हुन्छ ।’

५०/६० वटा मतपेटिका बुझ्न बाँकी रहेको र ती मतपेटिका बुझेपछि सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसपछि सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु गर्ने जिल्ला निर्वचन अधिकारी भट्टराईले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com