Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मा‌ओवादी केन्द्रको बैठकमा ब्रिफिङ( निर्वाचन आयोगले १४९ भन्दा बढीको केन्द्रीय कमिटी चिन्दैन

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा माओवादीको निर्वाचन आयोगले १४९ जनाभन्दा बढीको कमिटी नचिन्ने बताएको छ । माओवादीको अध्यक्ष र १४९ जनाको केन्द्रीय कमिटीलाई मात्र निर्वाचन आयोगले चिन्ने अरु पदाधिकारी र केन्द्रीय सदस्यलाई नचिन्ने जनाएको हो ।

आयोगका सदस्य थिरप्रसाद खनालले माओवादीको महाधिवेशनबाट निर्वाचित अध्यक्ष र केन्द्रीय सदस्यलाई मात्र चिन्ने बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘माओवादी पार्टीका निर्वाचन आयोगले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र १४९ जना केन्द्रीय सदस्य बाहेक कसैलाई चिन्दैन । आयोगमा न अरु कसैले फर्म भरेर बुझाएका छन् । न पदाधिकारीको नाम आयोगमा छ,ु खनाललाई उद्धृत गर्दै ती सदस्यले भने, ुआयोगले महासचिव, उपमहासचिव उपाध्यक्ष लगायत पछि थपेका कुनै केन्द्रीय सदस्यलाई चिन्दैन ।’

जारी बैठकमा पार्टी नेतृत्वको तीव्र आलोचना भइरहेको छ । शनिबारसम्म आइपुग्दा त्यसमा केही कमी आएको नेताहरू बताउँछन् । माओवादीमा पुस्तान्तरणको कुरा उठे पनि प्रमुख नेतृत्वको भने सबैले समर्थन जनाएका छन् ।

माओवादी दस्तावेजमा कमजोर भयौँ र पार्टी नै विघटन गर्ने कुरा लेख्न नहुने केन्द्रीय सदस्य निर्मल आचार्यले बताएका छन् । उनले बैठकमा पार्टीको दस्तावेजमा कमजोर भयौँ, असफल भयौँ, पार्टी सकियो भनेर लेख्ने काम बन्द गर्नुपर्ने बताए ।

‘कमजोर सकिएको केही काम गर्न नसक्ने पार्टीमा को आउछ रु कसले भविश्य देख्छ रु पार्टी कमजोर भयो भनेर भनेपछि कसले भविश्य देख्छ रु को पार्टीमा आउछ रु अब यो कमजो भयो, विघटन गरौँ भन्ने लेख्ने काम बन्द गरौँ,’ आचार्यले भनेका छन् ।

बैठकमा कसले के भने रु

वर्षमान पुन

पभथकतयलभनयिदबलिभतधयचपज्भचय ल्भध थभबच यााभच
पार्टी अध्यक्षको दस्तावेज राम्रो छ । कार्यन्वयन गर्नुपर्छ । पार्टीमा पुस्तान्तरणको कुरा ठीक छ । पार्टी एक(तीन अनुसार बनाउने हो । पुरानो पुस्ता, दोस्रो पुस्ता र युवाहरू समेटेर मात्र पार्टी बन्छ ।

पार्टीमा गुट छ भनेर बाहिर आएको हो । पार्टीभित्र गुट छैन । झगडा गर्नु भन्दा मिल्नु राम्रो हो । मिलेर जाँदा पार्टीलाई नै फाइदा हुन्छ ।

म बिमारी भएर उपचार अध्यक्षको पहलमा भएको हो । अहिले पूरा सन्चो भएको छ । अब पूरा समय पार्टी निर्माणमा लगाउँछु ।

विभिन्न काण्डमा जो दोषी भेटिए पनि कारबाही हुनुपर्छ कसैलाई छोड्नु हुन्न । सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले जनतामा उत्साह पैदा गरेको छ । यो अभियान रोकिनु हुँदैन ।

अहिले कसैले अध्यक्ष कमरेडको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।

जनार्दन शर्मा

समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ । मान्छे हुनुको नाताले सवैको आ–आफ्नै स्वत्व हुनु स्वभाविकै छ । अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलनाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ । हामी तपाइकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौँ के रु

अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु ।स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेकै छु ।

परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।

अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुनचाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन रु तल तल कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु रु विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाँहि भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाँही काम गर्‍यो होला ।

युवा कमरेडलाई यो पनि कुरा स्पष्ट होस् कि हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै त छ । आठौं महाधिवेशनको समापनपूर्व बसेको स्थायी समिति बैठकमा मैले केन्द्रीय समिति बनाउनुपूर्व अवकाश हुने एजेण्डामा छलफल गर्नुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । कमिटीहरू समावेशी बनाउने र नयाँ युवाहरूलाई जिम्मेवारी दिने हो भने एक हामी तिहाई नेताहरूले विदा लिएर फरक भूमिकामा क्रियाशील हुनुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । अहिले यो कुरा संभव छैन कसले छोड्न मान्छ र भन्ने कुरा उठ्यो ।

यसमा सबभन्दा पहिले म तयार छु भनेर मैले भनें । त्यसपछि बलदेव, मात्रिका र गणेश शाह कमरेडले यो प्रस्ताव मान्न आफूहरू तयार रहेको कुरा गर्नुभयो ।केहीले यसमा आफूहरू तयार हुन नसकेको कुरा गर्नुभयो भने केही मौन बस्नुभयो । त्यसपछि छलफल गरौंला भनेर अध्यक्षले यसलाई टार्नुभयो । तर आजसम्म छलफल भएन । मैले अध्यक्षलाई असहयोग नहोस भनेर संगठन विभागको जिम्मा लिएर काम गरिरहको छु । पार्टीका हरेक बैठक भन्दा पहिले विभागको तर्फबाट प्रतिवेदन बुझाउने गरेको कुरा स्पष्ट गर्न चाहन्छु ।

यसपटक सरकारले गरेका कामबारे म खुल्ला दिलले प्रशंसा गर्दछु । यत्रो ठूलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान थालनी हो । सो कुरा संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रूपले पनि राखिएको छ । मैले संसदको रोष्टमबाट २०४७ साल यताका सवै नेताहरूको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थन विना बालुटार प्रवेश संभव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ ।

पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ । तर, मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो रु सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुस्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ ।

म फेरि पनि भन्छु– छानबिन गरौं कसको सम्पत्ति कति छ रु कसका घर कति छन् रु कसका के के व्यवसाय छन् रु कसका बैक व्यालेन्स कति छ रु म तयार छु । कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्ग प्रशस्त गर्ने मै हुँ । म ४ पटक गरेर ३९ महिना मन्त्री हुँदा गरेका काम कार्वाहीहरू नीति, योजना र त्यसको परिणाम जनताको बिचमा छन् । के के उपलब्धि भए भन्ने कुरा लिखित रूपमा पनि उपलब्ध गराउनेछु ।

जहाँसम्म पार्टीको कुरा छ–१० प्रदेशकै सुझाव र आलोचना लिएर संगठन विभागले आफ्नो प्रतिवेदन पेश गरिसकेको कुरा अध्यक्ष स्वयंले भनिसक्नुभएको छ। अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनले पार्टीलाई नयाँ दिशा प्रदान गर्नेछ । यसमा थप्नुपर्ने केही कुराहरू म यहाँ राख्न चाहन्छु ।

हालसम्म प्राप्त उपलब्धिबारे जनताका बीचमा राम्रोसँग नलिएको मात्र हैन युद्ध, शान्ति, संविधान निर्माण र कार्यान्वयनबारेका एतिहासिक उपलब्धिहरूको संश्लेषण नगरेर इतिहासको अवमूल्यन भएको छ । यसलाई सच्याउँदै पुष्पलालदेखि पुष्पकमलसम्मको उपलब्धिको संश्लेषण जरुरी छ ।

कुलप्रसाद केसी

पार्टी बनाउने सबैको दायित्व हो । दस्तावेज ठीक छ । अत्तराधिकारी बनाउने कुरा केन्द्रबाट भन्दा पनि फिल्डमा गएर काम गरेपछि नेता कार्यकर्ताले आफैँ स्वीकार्छन् । यसलाई विधि बनाएर हल गर्नुपर्छ ।

हर्क नेम्वाङ

पार्टीको प्रदेश संरचना खारेज गरिदिए हुन्छ । प्रदेशभित्रका कुनै पनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइने हो भने त्यसको काम छैन ।

प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरू केन्द्रले कार्यान्वयन गर्दैन भने त्यो संरचनाको औचित्य पुष्टि हुन सक्दैन । मन्त्रिमण्डल गठन, विघटन, प्रदेश सरकार निर्माणलगायत विषयमा मात्र होइन, आफ्नै प्रदेशबाट केन्द्रीय समितिमा प्रस्ताव गरिने नाम समेतमा प्रदेश कमिटीलाई अत्तोपत्तो नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम रु प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार नहुने भएपछि यसलाई खारेज गरौँ । सिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com