Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

फागुन,१ काठमाडौं । सिरहाको मिर्चैयाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका २ मल्हनियाका करिब १९ वर्षीय विष्णु कुमार साहलाई सोमबार दिउँसो खैरो हिरोइन र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।

सिरहा प्रहरीका सूचना अधिकारी प्र्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार गोप्य सूचनाको आधारमा मिर्चैया प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।

मल्हनिया पुगेको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा लागूऔषध ९खैरो हिरोईन० जस्तै देखिने प्लाष्टिकसहित गिलो अवस्थामा रहेको चार दशमलव ४३ ग्राम, चार हजार नौ सय रुपैयाँ नगद, एक थान एन्ड्रोईड मोवाइल र एक थान डिजिटल तराजु समेत बरामद गरिएको उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com