Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मेक्सिकोमा विध्वंस मच्चाएको हिलरी आँधी क्यालिफोर्निया पुग्यो, साढे दुई करोडभन्दा धेरै मानिस बाढीको जोखिममा

मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएकाे हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । यो आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ । तर  क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।  

यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बीचमा यस्तै आँधी आएको थियो । क्यालिफोर्निया सरकारले दशकौँपछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन भनेको छ । मेक्सिकोमा यही आँधीले व्यापक क्षति पुर्‍याइसकेको छ ।

तीव्र हावासहित ठूलो वर्षा भएका कारण बाढी र पहिरोले मेक्सिकोलाई अस्तव्यस्त बनाएको छ । आँधीले प्रभावितहरुको उद्धार तथा पुन:स्थापनाका लागि मेक्सिकोमा १८ हजार सैनिकलाई परिचालन गरिएको खबरमा उल्लेख छ ।

विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दुई करोड ६० लाख मानिस बाढीको जोखिमको चपेटामा परेका  छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com