Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नेपाली कांग्रेस पूर्वसांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन

१ जेठ, काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।

रेग्मी क्यान्सर रोगबाट लामो समयदेखि पीडित थिए । काठमाडौंमा उपचारमा सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रेग्मीको परिावरमा श्रीमतीमात्रै छन् । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने बताइएको छ । लामो समय शिक्षण पेसामा रहेका उनलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com