Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

गुल्मीमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति

कार्तिक,२० काठमाडौं । गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गुल्मी दरबार गाउँपालिका(७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा मोटरसाइकलसहित पसलका सामान जलेका जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ । गएराति १२ बजेतिर लागेको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा चार घण्टापछि निभाइएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com