Yeti Khabar

२०८१ बैशाख २१, शुक्रबार - Fri May, 2024 -

ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

sharethis sharing button

ताइपेई । ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । 

यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता मापन गरिएको थियो । यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ ।

यस महिनाको सुरुमा पनि ताइवानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा १३ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए । उक्त भूकम्पको केन्द्रविन्दु ग्रामीण र हिमाली हुआलियन काउन्टीको तटीय क्षेत्रमा थियो । यो ताइवानमा पछिल्लो २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो र त्यसपछि सयौँ परकम्पहरू आएका थिए ।

यस पटक पनि यी भूकम्पको केन्द्रबिन्दु ताइवानको ग्रामीण पूर्वी काउन्टी हुवालियन थियो । अप्रिल ३ को भूकम्पका कारण क्षतिग्रस्त भएको र अहिले सञ्चालनमा नआएको एउटा होटल थोरै ढल्किएको हुवालियनको दमकल विभागले मंगलबार बिहान भनेको छ ।

ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ । त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ । सन् २०१६ मा दक्षिणी ताइवानमा निकै शक्तिशाली भुकम्प आउँदा सय जना भन्दा बढी मानिसको ज्यान गएको थियो । सन् १९९९ मा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा २ हजार भन्दा मानिसहरूको ज्यान गएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com