Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भृकुटीमण्डपमा लागेको आगलागी नियन्त्रण

असार, २९ काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा लागेको आगलागी पूर्ण रूपमा नियन्त्रण आएको छ।
आज साढे दुई बजे भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको गोदाम घर र राष्‍ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंगहरू राखिएको गोदाम घरमा आगोलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

आगलागी झन्डै सवा ६ बजेतिर नियन्त्रणमा लिइएको हो।
उनका अनुसार आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालीकाबाट (जुद्द बारुण यन्त्र)-१, बौद्ध रामहिटिबाट -१, ललितपुर महानगरपालीकाबाट-१, भक्तपुर नगरपालीकाबाट -१, नेपाली सेनाबाट -२, विमानस्थलबाट-१ र नेपाल प्रहरीबाट- १ वाटर क्यानन सहित ८ वटा दमकल र झन्डै ३० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो।

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी वृत्त सिंहदरबार, मालीगाउँबाट प्रहरी नायब उपरीक्षक, नगर प्रहरी, अन्य वृत्तहरु र ट्राफिक प्रहरीबाट प्रहरी निरीक्षकहरू, विपत् व्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित(-२५ जना गरी झन्डै १२० जना प्रहरी टोली परिचालन गरिएको थियो।

नेपाली सेनाबाट झन्डै १ सय जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट झन्डै ६० जना सुरक्षाकर्मीहरू परिचालित भएका प्रहरी नायब उपरीक्षक मैनालीले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com