Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कार दुर्घटना हुँदा चार जना घाइते

असोज १ काठमाडौं । सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
आज बिहान करिब ७ बजे चौतारा साँगाचोकगढी-११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा कार दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताउनु भयो ।

बा ४ च ५६७७ नम्‍बरको कार आफैं अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको हो। उक्त कार काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै थियो।

ट्याक्सी खस्दा इन्द्रावति गाउँपालिका(२का ४२ वर्षीय बसन्त गिरी, ३१ वर्षीया प्रतिमा गिरी, दोलखा भिमेश्वर नगरपालिका-२ का २८ वर्षीय सोनाम तामाङ र २२ वर्षीय राजेश तामाङ घाइते छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com