Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

पुष,१९ काठमाडौं । धनुषामा जाँडरक्सी खाएर होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोकको एक ग्यारेजमा हिजो जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेकाछन् ।

हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा रही जिप्रका धनुषामा काजमा खटाइएका प्रहरी हवलदार साहलाई स्पष्टीकरण माग गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो । ग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रष्ट देखिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com