Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

व्यापारिक वार्ताका लागि बेइजिङ पुगे जर्मन चान्सलर ओलाफ

जर्मन र चीनबीच द्वीपक्षीय व्यापार प्रवर्द्धनको उद्देश्यसहित जर्मन चान्सलर ओलाफ सोल्ज बेइजिङ पुगेका छन्। उच्च पदस्थ अधिकारीसहित बेइजिङ पुगेका ओलाफले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।

१२ व्यापारिक कम्पनीको प्रतिनिधि मण्डलसहित बेइजिङ गएका जर्मन चान्सलरले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई समेत भेट गर्ने कार्यक्रम छ। भेटवार्तामा ओलाफ र सीले प्रतिकूल विश्व परिस्थितिका बाबजुद् द्वीपक्षीय व्यापारिक सहकार्यलाई बढावा दिने प्रतिवद्धता जनाएका छन्।

‘आपसी सहकार्य र विश्वासलाई बलियो बनाउँदै द्वीपक्षीय व्यापारिक साझेदारीलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता दुबै पक्षले गरेका छन्,’ सिसिटिभीले भनेको छ।

पछिल्लो तीन वर्षमा जी-सेभन राष्ट्रका कुनै पनि राष्ट्र प्रमुखले बेइजिङ पुगेका छैनन्। जर्मनीको अर्थतन्त्र मन्दी उन्मुख भएपछि व्यापारिक सहकार्यका लागि जर्मनी बेइजिङ पुगेको हो।

ओलाफ नेतृत्वको सरकार व्यापारमा चीनसँगको निर्भरता कारण बेचैन देखिन्छ। बेइजिङ जर्मनीको ठूलो बजार हिस्सा हो। जर्मनीले चीनसँग वार्षिक २ सय ४२ अर्ब डलरको कारोबार गरिरहेको तथ्यांक छ।
बेइजिङले रूससँगको मित्रतामा कुनै पनि सीमा नरहेको घोषणा गरिसकेको छ भने अमेरिकासँगको सम्बन्धमा समेत चिसोपना आएको छ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com