Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी छैन : नेता प्रदीप पौडेलले

बैशाख,१५ काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय पारदर्शी नभएको बताएका छन्।
गत चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अयोग्य लडाकुलाई पैसा दिने निर्णय नभएको भन्ने कुरा सार्वजनिक गरेको पौडेलले जानकारी दिए । सांसदलाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको पनि उनको भनाइ छ।

‘भित्रभित्रै कार्यविधि बनाइएको सुन्न आएको छ। यसले सरकारको कामकारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक सङ्कटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ,’ पौडेलले भने।

सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सनसमेत दिन नसकेको विषय सार्वजनिक भइरहेको उनले बताए।
‘यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका सङ्केत देखाउन थालिसकेको छ,’ उनले भने।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com