Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

देशभर उम्मेदवारी दर्ता सुरू

काठमाडौं ११ वैशाख स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।
निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ। आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन्। आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। त्यस्तै, भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि आयोगले उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com