Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सुनको सिक्री लुटेको आरोपमा एक जना पक्राउ

जेठ, १८ काठमाडौं । प्रहरीले काठमाडौंबाट सुनको सिक्री लुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिका-४ नयाँ गाउँ घर भई वडा नम्बर-५ गजरकोट बस्ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार बुधबार नगरकोटीले सोही नगरपालिका-५ स्थित कोलमोतेश्वर मन्दिर नजिकबाट ४० वर्षीया महिलाले गलामा लगाएको सुनको सिक्री लुटेका थिए। उनीहरूले महिलाको गलाबाट तानेर लुटेर भागेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com