Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

१२ वर्षकी बालिका बलात्कृत

जेठ, ९ काठमाडौं । रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।

मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल-११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रंगशालानजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरूषलाई पक्राउ गरिएको जानकारी दिए।

बुटवल उपमहानगरपालिका ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ नै घटनास्थलबाटै पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको केसीले बताए।

उनका अनुसार पक्राउ परेका ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको स्वीकारेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com