Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम नतिरे सिलबन्दी गर्ने

भदौ,१५ काठमाडौं । काठमाण्डौ महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको काठमाण्डौ फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम जारी गरेको हो ।

महानगरपालिकाको राजस्व विभागले आज विज्ञप्ति निकालेर २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्ने समय दिएको छ । यदि २४ घण्टाभित्रमा महानगरलाई बुझाउनुपर्ने राजस्व नबुझाएमा फनपार्क सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ । फन पार्कले सात वर्षदेखि कर नतिरेका कारण भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएको महानगरको राजस्व विभागले जनाएको छ ।

समाज कल्याण परिषद्को स्वमित्वमा रहेको क्षेत्रमा काठमाण्डौ फन पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com