Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईको जित निश्चित

जेठ, ८ काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् ।

आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् ।

अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।

उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com