Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

जातीय हिंसा चलिरहेको मणिपुरमा महिलाहरु सार्वजनिक ठाउँमै यौनहिंसा भोग्न बाध्य

भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ । मणिपुरमा भिडले दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ सार्वजनिक भएपछि अन्य महिलाहरूले पनि आफूसँग हिंसा भएको भन्दै त्यसबारे बोल्न शुरु गरेका छन् ।

कुकी र मैतेई दुवै समुदायका व्यक्तिहरुले अर्को ठाउँमा आफ्नो समुदायका महिलामाथि दुर्व्यवहार तथा बलात्कार समेत भएको भन्दै अर्को समुदायका महिलामाथि बलात्कार समेत गर्ने गरेका घटनाहरु सार्वजनिक हुन थालेका बीबीसीले जनाएको छ । कतिपय ठाउँमा शिक्षालयका छात्राबासहरुमा दिउँसै बलात्कार समेत भएको पाइएको छ ।

मणिपुरमा मैतेई र कुकी समुदायबीच गएको मे महिनामा जातीय द्वन्द्व सुरु भएदेखि अहिलेसम्म एक सय ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । सयौँ महिला बलात्कारमा परेका स्थानीय अधिकारवासी संस्थाहरुले बताएका छन् । अहिले कुकी समुदायका महिलाहरु घटनाबारे बोल्न थालेको भए पनि मैतेई समुदायमा यौनजन्य हिंसाबारेमा बोल्न डराउँछन् ।

अहिले दुवै समुदायका महिला अधिकारकर्मीहरु अर्को समुदायका महिलामाथि भएका हिंसामा पनि बोल्न थालेकाले घटनाहरु देखिन थालेका छन् ।  तर यस्ता घटना निकै भएका स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com