Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ ।

राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।

राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले विधायन समितिमा राष्ट्रपतिले पठाएको सन्देशमाथि मात्रै छलफल हुने बताइन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता नहुने र राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट विधेयक पारित गरेर जाने हिसावले छलफल गरिने उनको भनाइ छ । उनले राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने भएकाले त्यसका लागि धेरै समय पनि नलाग्ने बताइन् ।

संसदीय समितिमा विधेयक पुग्नुको यस्तो छ भित्री कारण

आइतबारको राष्ट्रियसभा बैठकमा राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सरकारको तयारी थियो । तर त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटघाट गरेका थिए ।

स्रोतका अनुसार सो भेटमा अध्यक्ष तिमिल्सिनाले सो विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाउन आफूलाई दबाब आएको भन्दै गृहमन्त्रीलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले समितिमा विधेयक गए पनि सत्ता गठबन्धनकै बहुमत रहेकाले त्यहाँबाट हुबहु पास हुन कुनै कठिनाइ नहुने भन्दै औपचारिकताका लागि मात्रै भए पनि यो प्रक्रिया पूरा गरिदिन आग्रह गरेका थिए ।

विधायन समितिमा लगेर विधेयकमाथि छलफलको वातावरण सिर्जना गर्न राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह गृहमन्त्रीले नकार्न नसकेको स्रोतले बतायो । रातो पाटीबाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com