Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

आयल निगमभित्र पेट्रोल ट्यांकरमा आगलागी एकको मृत्यु

बिहीबार जितपुर सिमरा उपमहानगरपालिका२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा आगलागी भएको हो। ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

ट्यांकर सहचालक ३० वर्षीय लक्ष्मण श्रेष्ठ गम्भीर घाइते भएका छन् । भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रिसियनको काम गर्ने २५ वर्षीय रामलखन प्रजापती सामान्य घाइते छन्।
उनीहरूको सुरूमा अल्पाइन अस्पताल सिमरामा उपचार गरिएको थियो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौं ल्याइएको थियो।
उपचारको क्रममा श्रेष्ठको आज मृत्यु भएको थापाले जानकारी गराएका छन् । उनको कीर्तिपुर अस्पतालमा आज बिहान ८ बजे मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com