Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा दुई जना घाइते

असोज,२१ काठमाडौं । सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले बताएको छ ।

आज दिउँसो कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटरमा वीरेन्द्रनगरदेखि छिन्चुतर्फ जाँदै उनीहरुलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता सुरज कार्कीले बताउनु भयो ।

घाइते दुबै जनाको हाल वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाउँको र पाखुरामा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको डीएसपी कार्कीले जानकारी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com