Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

पाँच सय रुपैयाले बढ्यो सुनको मुल्य

पुष,२९ काठमाडौं । सुनको भाउ लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ बढेर २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ ।

‘अहिलेको अवस्थालाई हेर्ने हो भने अहिलेसम्मको रेकर्ड ब्रेक गर्ला जस्तो छ’, उहाँले भन्नुभयो । रुस र युक्रेन युद्ध, डलर कमजोर, अस्थितरता र लगानीको जोखिमका कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र कारोबार बढेको छ । यसले गर्दा भाउ बढेको शाक्यले बताउनुभयो । सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com