Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

चीनलाई संवेदनशील सैन्य सूचना दिएकाे आरोपमा अमेरिकी जलसेनाका २ जना पक्राउ

चीनलाई संवेदनशील सैन्य सूचना दिएकाे आराेपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएकाे छ ।

पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको र वेन्हेङमाथि संवेदनशील तस्बिरहरू र भिडिओका लागि पैसा लिएको आरोप लागेकाे छ ।

पक्राउ परेका दुवै जनालाई सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति थिए वा भिन्दै थिए भन्ने चाहिँ खुलेको छैन । दुवै जनालाई बुधवार क्यालिफोर्नियामा पक्राउ गरिएको थियो । वेई सान डिएगोमा रहेकाे जलसेनाको आधार शिविरमा काम गर्न जाँदै गर्दा पक्राउ परेका हुन् ।

वेई अमेरिकी जहाज यूएसए एसेक्समा काम गर्थे र उनीसँग जहाजकाे बारेमा संवेदनशील जानकारीकाे पहुँच थियाे । सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियामा रहेका बेलामा एक चिनियाँ जासुसले सम्पर्क गरेको र ती जासुसले वेईलाई तस्बिर, भिडिओ, प्राविधिक म्यानुअल र जहाजको ‘ब्लुप्रिन्ट’ का लागि हजारौँ डलर दिएको उल्लेख छ ।

याे गतिविधिबारे चीनले भने आफूलाई अहिलेसम्म कुनै पनि जानकारी रहेको कुरालाई अस्वीकार गरेको छ । वाशिङ्टनमा रहेकाे चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र मिडियाले चीनसँग जाेडिएकाे जासुसीबारे बढाइचढाइ गरेकाे बताएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com