Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जिसस प्रमुखमा काँग्रेसले गौरीनन्द आचार्यलाई सिफारिस

जेठ, २३ काठमाडौं । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेपाली काँग्रेसले गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । आचार्य चन्दननाथ नगरपालिका १ नम्बर वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयले काँग्रेसले जुम्ला जिल्लाको समन्वय प्रमुखमा आचार्यलाई उम्मेदवार बनाएको हो ।

आठ स्थानीय तह रहेको जुम्लामा काँग्रेस एक्लैले पाँच स्थानीय तह प्रमुख जितेको छ । त्यसैले यहाँ जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख काँग्रेसकै बन्ने पक्का छ । जिल्ला समन्वय समितिको लागि काँग्रेसको ५, माओवादी केन्द्रका २ र एक स्वतन्त्र मत छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com