Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा, ७ जनाको मृत्यु

फागुन, २३ काठमाडौं । त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तु जैसवारले बताए ।

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई उद्धार गरिएको थियो। मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन्। उनीहरूको पहिचान खुल्न नसकेको डिएसपी जैसवारले बताए । घाइतेमध्ये केहीलाई काठमाडौं र चितवन पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com