Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भारतबाट फर्केका तीन नेपालीमा कोरोना पुष्टि

भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए ।

“केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ”, उनले भने । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एकरएक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com