Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गर्‍यो भन्ने फटाहाको मुखमा अहिले बुजो लागेको छ: प्रधानमन्त्री

facebook sharing button
sharethis sharing button

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफू नेतृत्वको सरकारले थालेका कामबाट आतङ्कित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने गरेको बताएका छन्।

आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतङ्कित भएर एनसेलमा अर्बौंको भ्रष्टाचार गर्‍यो प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले।’

आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर अनलाइनबाट थाहा पाएको उल्लेख गरेका प्रधानमन्त्री दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए। 

‘एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेका थिए, तिनीहरूको मुखमा अहिले बुजो लागेको छ,’ उनले भने। सरकारले सुरू गरेका राम्रा काममा जनताले सहयोग गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com