Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

ग्वार्को चोकमा फ्लाइओभरको काम सुरु, कहाँ कहाँबाट हुँदैछन् गाडी डाइभर्सन ?

काठमाण्डौ – ललितपुरको ग्वार्को चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको सडक विभागले जनाएको छ ।

१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गरिएको जानकारी दिनुभयो ।

सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन् । फ्लाइओभरको लम्बाइ चार सय ५५ मिटरको हुनेछ ।

निर्माणको काम प्रभावित नहोस् भनेर ट्राफिक प्रहरीले गाडी गुड्ने मार्गमासमेत परिवर्तन गरेको छ । फ्लाइओभर निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो तर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई मुल बाटो अर्थात फास्ट्रयाकबाट सञ्चालनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फाष्ट्रयाकबाट सञ्चालन गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com