Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

शुक्रबारदेखि काठमाडौँबासीका घरको धारामा मेलम्चीको पानी

शुक्रबारदेखि पुन: काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर
काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

उनले भने,‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका छौँ, अहिले काठमाडौँतर्फको गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ । ३ दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाडौंको वितरण प्रणालीमा पानी छोड्दैछौँ । शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेछ ।’

काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाडौंमा पानी आइपुगेको उनले बताए ।

आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ । अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु-याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने श्रेष्ठले बताए । साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको उनले बताए ।

यस्तै मेलम्ची खानेपानी विकास समिति खारेजको विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा श्रेष्ठले जोड दिए । उनले निरन्तर रुपमा काठमाडौंमा खानेपानी वितरणका लागि विकास समितिलाई कसरी क्रियाशील र व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले प्रमुख प्राथमिकता दिनुपर्नेमा उनको जोड रहेको छ ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com