Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

काठमाण्डौ – फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ । हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ ।

भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com