Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तह पठनपाठनका लागि शुल्क वृद्धि

जेठ, १८ काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तह पठनपाठनका लागि शुल्क वृद्धि गरेको छ।
आयोगको मंगलबारको बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।

आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको अध्ययन शुल्क वृद्धि गरेको छ।
आर्थिक वर्ष २०७९/०८० मा भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने हुन्छ।

उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने हुन्छ।
यस्तै बिडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ। आयोगका एक सदस्यका अनुसार चार वर्षदेखि चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको थिएन।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com