Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

घरको पाँचौं तलाबाट खस्दा एक जनाको मृत्यु

जेठ, २८ काठमाडौं । काठमाडौंको सीतापाइलामा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु भएको छ ।
आज दिउँसो नागार्जुन नगरपालिका ४ सीतापाइलाका ३७ वर्षका जितेन्द्र श्रेष्ठ पानी भर्ने क्रममा चिप्लेर पाँचौं तलाबाट खस्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सीतापाइलाको शुभेच्छा अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com